बार्सिलोनाको खराब लय जारी (भिडियोसहित)

एजेन्सी । नयाँ सिजनको शुरुवातबाटै राम्रो प्रदर्शन गर्न नसकिरहेको बार्सिलोनाले बिहीबार राती तुलनात्मक रुपमा कमजोर आँकिएको केडिजसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

त्यस्तै दोस्रो हाफको ६५औं मिनटमा फ्रेन्की डि जोङले दोहोरो रातो कार्ड खाँदै मैदान छाडेपछि खेलको अन्तिम २५ मिनट बार्सा दश खेलाडीमा खुम्चिएको थियो ।

त्यति मात्र नभएर खेलको अन्तिमतिर रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखिएका बार्साका म्यानेजर रोनाल्ड कोमानलाई पनि रेफ्रीले स्ट्याण्ड बाहिर पठाएका थिए ।

खेलमा बार्साले केही गोलको अवसर पनि पाएको थियो । डच स्टार मेम्फिस डिपेको राम्रो गोल प्रयास पोष्ट बाहिर जाँदा बार्सा चुकचुकाउनु परेको थियो ।

बिहीबारको नतिजापछि ५ खेलबाट ९ अंक जोडेको बार्सिलोना सातौं स्थानमा छ । उता केडिज भने ६ अंकका साथ १४औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...