हकिमीको गोलले अपराजित पिएसजी (भिडियोसहित)

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिएको छ । बुधबार राती दश खेलाडीमा खुम्चिएको मेजलाई उसकै घरमा २–१ ले हराउँदा पिएसजीका लागि दुवै गोल स्टार डिफेन्डर अचरफ हकिमीको नाममा रह्यो ।

खेलको पाँचौं मिनटमै हकिमीले पिएसजीलाई खेलमा अग्रता दिलाएका थिए । तर ३९औं मिनटमा बुबाकर कुयाटेले मेजका लागि बराबरी गोल फर्काउन सफल भए । त्यस्तै अन्तिमतिर ९०+१औं मिनटमा डायलन ब्रोनले रातो कार्ड खाँदै मैदान छाड्दा मेज दश खेलाडीमा खुम्चिएको थियो । जसो फाईदा पिएसजीले नै उठायो ।

९०+५औं मिनटमा हकिमीले नै पिएसजीका लागि दोस्रो तथा निर्णायक गोल गर्दै पाहुना टोलीको रोमाञ्चक जित पक्का गरेका थिए । यो जितसँगै ७ खेलबाट २१ अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ । उता पराजित मेज भने ३ अंकका साथ पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...