इन्टरलाई चुनौति दिंदै मिलान (भिडियोसहित)

एजेन्सी । सिजनको शुरुवातबाट राम्रो लयमा रहेको एसी मिलानले लिगलिडर तथा साविक विजेता इन्टर मिलानलाई शिर्षताको होडमा कडा चुनौति दिइरहेको छ । इन्टरको शहरी प्रतिद्वन्द्वी समेत रहेको मिलानले बुधबार राती भेनेजियालाई २–० ले हराउँदै इन्टरसँगको अंक बराबरी गर्न सफल भयो ।

घरेलु मैदान सान सिरोमा सम्पन्न खेलमा मिलानका लागि ६८औं मिनटमा ब्राहिम डियाजले पहिलो गोल गरेका थिए । त्यस्तै अन्तिमतिर ८२औं मिनटमा थियो हर्नान्डेजले दोस्रो गोल थप्दै मिलानको जित तय गरेका थिए ।

यो जितसँगै ५ खेलबाट १३ अंक जोडेको मिलान दोस्रो स्थानमा छ । यद्यपि मिलान र लिगलिडर इन्टरको समान १३–१३ अंक भए तापनि गोल भिन्नताका आधारमा इन्टर अगाडी छ । त्यस्तै मिलानसँग पराजित भएको भेनेजिया भने ३ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...