आर्सनल र लेस्टर पनि सफल

एजेन्सी । इङलिस फुटबल लिग कपमा आर्सनल र लेस्टर सिटी एफसीले पनि जित हात पार्दै चौथो चरणमा स्थान पक्का गरेका छन् । आर्सनलले दोस्रो डिभिजनको टोली एएफसी विम्बल्डनमाथि उसकै घरमा ३–० को प्रभावशाली जित निकाल्यो ।

आर्सनलको जितमा एलेक्जेन्डर लाकाजेट्टी, स्मिथ रवी र इडी निकेटियाले एक–एक गोलको योगदान दिए । लाकाजेट्टीले गरेो पहिलो गोल भने पेनाल्टी गोल थियो ।

त्यस्तै लेस्टरले च्याम्पियनसिप क्लब मिलवाललाई उसकै घरेलु मैदानमा २–० ले हरायो । लेस्टरको जितमा एडिमोला लुकमान र केलेची लिनाचोले एक–एक गोल गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...