टोटेनह्यामको कठिन जित (भिडियोसहित)

एजेन्सी । दुई गोलको शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसकेको टोटेनह्याम हट्सपरले लिग कपमा वुल्भरह्याम्पटनमाथि उसकै घरमा पेनाल्टी शुटआउटमा ३–२ को कठिन जित हात पारेको छ ।

निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनु परेको थियो । खेलको १४औं मिनटमा टांगाई एनडोम्बेलेले टोटेनह्यामलाई खेलमा अग्रता दिलाएका थिए । २३औं मिनटमा हेरी केनले त्यो अग्रता दोब्बर बनाए ।

तर वुल्भ्सले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो । ३८औं मिनटमा लिन्डर डेन्डोंकरले वुल्भ्सका लागि पहिलो गोल फर्काए । ५८औं मिनटमा डेनियल पोडेन्सीले दोस्रो गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । यद्यपि पेनाल्टीमा भने वुल्भ्स चुक्न पुग्यो ।

यो जितसँगै टोटेनह्याम लिग कपको चौथो चरणमा पुग्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...