चेल्सीको संघर्षपुर्ण जित (भिडियोसहित)

एजेन्सी । संघर्षपुर्ण जितका साथ लण्डन क्लब चेल्सी इङलिस लिग कपको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार भएको तेस्रो चरणको खेलतर्फ चेल्सीले अर्को प्रिमियरशिप क्लब एस्टन भिल्लामाथि पेनाल्टी शुटआउटमा ४–३ को जित निकाल्यो ।

चेल्सीको घरेलु मैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । र दुवै तर्फबाट गोल दोस्रो हाफमा भएका थिए । ५४औं मिनटमा टिमो वेर्नरको गोलबाट अग्रता बनाएको चेल्सीले त्यसलाई जोगाउन सकेन ।

त्यसको दश मिनट लगतै क्यामरन आर्चेरले एस्टन भिल्लाका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । निर्धारित समय र अतिरिक्त समयमा पनि दुवैतर्फबाट थप गोल हुन नसेपछि खेलको निर्णय पेनाल्टीबाट लिनुपरेको थियो । पेनाल्टीमा भने चेल्सीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...