वेस्ट ह्यामद्वारा म्यानचेष्टर नकआउट (भिडियोसहित)

एजेन्सी । पाँच पल्टको च्याम्पियन म्यानचेष्टर युनाइटेड प्रतिष्ठित इङलिस लिग कपको तेस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राती घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा म्यानचेष्टरले लण्डन क्लब वेस्ट ह्याम युनाइटेडसँग ०–१ को झिनो अन्तरले हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

खेल शुरु भएको नवौं मिनटमै वेस्ट ह्यामका लागि म्यानुएल लान्जिनीले गरेको एक मात्र गोल म्यानचेष्टरलाई प्रतियोगिताबाट आउट गर्न निर्णायक र प्रर्याप्त बन्यो । साथै यो जितसँगै वेस्ट ह्यामले प्रिमियर लिगतर्फ आइतबार घरेलु मैदानमा बेहोरेको हारको बदला लिन समेत सफल भयो ।

पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो बिना उत्रिएको म्यानचेष्टरले खेलमा पाएको केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा चुकचुाउनु पर्यो । यो हारले म्यानचेष्टरलाई यस सिजन शुरुवात मै एक ट्रफी गुमाउने निश्चित भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...