लिडस र ब्रेन्टफोर्डको जित, इभर्टन स्तब्ध

एजेन्सी । इङलिस लिग कपको तेस्रो राउण्डतर्फ मंगलबार राती भएका अन्य खेलहरुमा प्रिमियरशिप क्लबहरु लिडस युनाइटेड र ब्रेन्टफोर्डले जित हात पार्दा इभर्टन भने निराश बनेको छ ।

प्रिमियर लिगको नवआगन्तुक टोली ब्रेन्टफोर्डले ओल्डह्याममाथि ७–० को फराकिलो जित निकाल्दै चौथो चरणमा प्रवेश गर्यो । त्यस्तै लिडसले भने फुलह्यामलाई पेनाल्टी शुटआउटमा ६–५ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यस्तै अर्को प्रिमियरशिप क्लब इभर्टन भने क्वीन्स पार्क रेन्जर्स (क्वीपिआर) सँग पेनाल्टी शुटआउटमा ८–७ ले पराजित हुन पुग्यो । यी दुई टोलीले पनि निर्धारित समयको खेल २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

त्यसैगरी बर्नलीले रोचडेललाई ४–१ ले हराउँदा वाटफोर्ड सिटी भने स्टोक सिटीसँग ३–१ ले पराजित हुन पुग्यो । त्यस्तै सण्डरल्याण्डले विगान एथलेटिकलाई २–० ले निराश तुल्यायो ।


प्रतिक्रिया दिनुहोस

Loading...