लिग कपमा सिटीको उत्कृष्ट पूनःरागमन (भिडियोसहित)

एजेन्सी । इङलिस लिग कपमा उत्कृष्ट पूनःरागमन गर्दै डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले तेस्रो डिभिजनको टोली वाइकम्बे वान्डर्स विरुद्ध ६–१ को शानदार जित जित निकालेको छ ।

सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा गोलको अग्रता भने वाइकम्बेले लिएको थियो । खेलको २२औं मिनटमा ब्रेन्डन हानलनको गोलबाट पाहुना टोलीले खेलमा सनसनीपुर्ण अग्रता बनायो ।

तर खेलमा उत्कृष्ट पूनःरागमन गरेको सिटीका लागि २९औं मिनटमा केभिन डि ब्रुईनले बराबरी गोल फर्काए । ४३औं मिनटमा रियाद महरेजले सिटीका लागि दोस्रो गोल थपे । पहिलो हाफ कै इन्जुरी समयमा फिल फोडेनले सिटीको त्यो अग्रता ३–१ मा पुर्याए ।

दोस्रो हाफमा थप तीन गोल गरेको सिटीका लागि ७१औं मिनटमा फेरान टोरेसले चौथो गोल गरे भने ८३औं मिनटमा महरेजले व्यक्तिगत दोस्रो तथा सिटीका लागि पाँचौं गोल गरे । त्यस्तै ८८औं मिनटमा कोल पाल्मरले छैठौं गोल थप्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

यो जितसँगै सिटी लिग कपको चौथो चरणमा प्रवेश गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...