युभेन्टस अझै जितविहीन (भिडियोसहित)

एजेन्सी । यस सिजन खराब लयमा देखिएको इटालियन महारथी युभेन्टसले आइतबार राती शुरुवाती अग्रता बनाएर पनि बराबरीमा रोकिन बाध्य भएको छ ।

घरेलु मैदान युभेन्टस स्टेडियममा सम्पन्न खेलमा युभेन्टसले अर्को इटालियन महारथी एसी मिलानसँग १–१ को बराबरीमा रोकिन पुगेको हो ।

खेलको चौथो मिनट मै अल्वारो मोराटाको गोलबाट अग्रता बनाएको युभेन्टसले त्यसलाई जोगाउन सकेन । दोस्रो हाफको ७६औं मिनटमा मिलानका लागि आन्टे रेबिकले बराबरी गोल फर्काए पछि युभेन्टस निराश बन्न पुगेको थियो ।

यो नतिजापछि ६ दशक यता कै खराब लयमा देखिएको युभेन्टस जितविहीन छ र ४ खेलबाट २ अंक जोड्दै रेलिगेशन क्षेत्रको १८औं स्थानममा छ । उता एसी मिलान भने १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...