दुई मिनटमा दुई गोल गर्दै रियललको रोमाञ्चक जित (भिडियोसहित)

एजेन्सी । यस सिजन राम्रो लयमा रहेको रियल मेड्रिडले स्पेनिस ला लिगातर्फ आइतबार राती नाटकीय र रोमाञ्चक जित हात पारेको छ । रोमाञ्चक जित हात पार्ने क्रममा रियलले भ्यालेन्सियालाई उसकै घरमा २–१ ले हरायो ।

खेलमा भएका तीनै गोल दोस्रो हाफमा हुँदा शुरुवाती अग्रता भने घरेलु टोली भ्यालेन्सियाले नै लिएको थियो । खेलको ६६औं मिनटमा हुगो डुरोको गोलबाट भ्यालेन्सियाले अग्रता बनाएको थियो ।

तर रियलले खेलमा नाटकीय पूनःरागमन गर्यो । ८६औं मिनटमा करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले बराबरी गोल फर्काए । त्यसको दुई मिनट लगतै भिनिसियसको पासमा बेन्जेमाले दोस्रो गोल गर्दै रियललाई रोमाञ्चक जित दिलाए ।

यो जितसँगै ५ खेलबाट १३ अंक जोडेको रियल शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै रियलको शहरी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिड भने ११ अंकका साथ दोस्रो स्थानमा झरेको छ । उता रियलसँग पराजित भ्यालेन्सिया भने १० अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...