लण्डन डर्बी चेल्सीको कब्जामा (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगमा यस सिजन अपराजित रहँदै उत्कृष्ट लयमा रहेको युरोपियन च्याम्पियन चेल्सीले आइतबार अबेर राती सम्पन्न खेलमा शहरी प्रतिद्वन्द्वी टोटेनह्याम हट्सपुरलाई उसकै घरमा ३–० ले हरायो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा भने चेल्सी हावी देखियो । ४९औं मिनटमा थियागो सिल्वाले चेल्सीका लागि पहिलो गोल गरे । ५७औं मिनटमा एन्गोलो कान्टेले त्यो अग्रता दोब्बर बनाए भने खेलको अन्तिमतिर इन्जुरी समयमा एन्टोनियो रुडिगेरले तेस्रो गोल गर्दै लण्डन डर्बीमा चेल्सीको महत्वपुर्ण जित पक्का गरे ।

यो जितसँगै ५ खेलबाट ४ जित र १ बराबरी गर्दै १३ अंकका साथ चेल्सी शिर्ष स्थानमा उक्लेको छ । दोस्रो स्थानमा समान १३ अंक भएको लिभरपुल छ भने तेस्रो स्थानमा १३ अंक नै भएको म्यानचेष्टर युनाइटेड छ । चेल्सीसँग पराजित भएको टोटेनह्याम भने ९ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...