मार्टिनको डेब्यु गोलमा आर्सनलको जित

एजेन्सी । यसै सिजन आर्सनलमा आवद्ध भएका नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्ड निर्णायक बन्दा प्रिमियर लिगमा शनिबार आर्सनलले लगातार दोस्रो जित हात पारेको छ ।

गत साता मात्र नर्विच सिटीलाई हराएको आर्सनलले शनिबार बर्नलीलाई उसकै घरमा १–० ले निराश तुल्यायो । बर्नलीको घरेलु मैदान टर्फ मुरमा सम्पन्न खेलको ३०औं मिनटमा ओडेगार्डले फ्रिकिकमार्फत गरेको एक मात्र गोल निर्णायक बन्यो । स्मरण रहोस, आर्सनलका लागि ओडेगार्डको यो डेब्यु गोल समेत थियो ।

यो जितसँगै ५ खेलबाट ६ अंक जोडेको आर्सनल १२औं स्थानमा पुगेको छ । उता पराजित बर्नली भने १ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...