दश खेलाडीमा खुम्चिएर पनि ब्रेन्टफोर्डको जित

एजेन्सी । दोस्रो हाफमा दश खेलाडीमा खुम्चिएर पनि नव आगन्तुक टोली ब्रेन्टफोर्डले वुल्भरह्याम्पटनलाई उसकै घरमा २–० ले हराएको छ । वुल्भ्सको घरेलु मैदान मोलिनक्स स्टेडियममा इभान टोनीको पेनाल्टी गोलबाट ब्रेन्टफोर्डले खेलमा शुरुवाती अग्रता बनाएको थियो ।

त्यस्तै टोनीले नै दोस्रो गोलका लागि अवसर पनि मिलाइदिए । उनकै पासमा खेलको ३४औं मिनटमा ब्रायन एमब्युमोले ब्रेन्टफोर्डका लागि दोस्रो गोल थपे जुन खेलको निर्णायक गोल पनि बन्यो ।

उता दोस्रो हाफतर्फ ६४औं मिनटमा ब्रेन्टफोर्डका शेन्डन बाप्टिस्टेले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडे तापनि त्यसले पाहुना टोलीको जितलाई भने खासै असर पारेन ।

यो जितसँगै ५ खेलबाट ८ अंक जोडेको ब्रेन्टफोर्ड नवौं स्थानमा छ । पराजित वुल्भ्स भने ३ अंकका साथ १६औं स्थानमा झरेको छ । र रेलिगेशन क्षेत्रको टोली बर्नली भन्दा १ अंकले मात्र अगाडी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...