मिलानमा रियलका रोड्रिगो निर्णायक (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगको इतिहास मै सफलतम क्लबको छबि बनाएको स्पेनिस जायन्ट रियल मेड्रिडले इटालियन च्याम्पियन इन्टर मिलानलाई उसकै घरमा हराएको छ ।

बुधबार राती समूह डी तर्फ सान सिरोमा भएको खेलमा रियलले इन्टरमाथि १–० को महत्वपुर्ण जित निकाल्यो । रियलका लागि ८९औं मिनटमा ब्राजिलियन युवा स्टार रोड्रिगोले एक मात्र निर्णायक गोल गरे ।

समूह डी मै रहेको मोल्डोभियन क्लब सेरिफ टिरासपोलले युक्रेनी क्लब शख्तर डोनेस्कमाथि २–० को जित निकाल्यो । रियलले सेप्टेम्बर २८ तारीखका दिन सेरिफसँगै खेल्नेछ भने इन्टरले शख्तरको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...