डिफेन्डिङ च्याम्पियन चेल्सी सफल (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन चेल्सीले च्याम्पियन्स लिगको नयाँ सिजन जितका साथ शुरुवात गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमाभएको खेलमा चेल्सीले रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्गलाई १–० को झिनो अन्तरले हरायो ।

चेल्सीको जितमा यस सिजन लण्डन क्लबमा आवद्ध भए यता उत्कृष्ट लयमा देखिएका बेल्जियन स्टार रोमेलु लुकाकुले एक मात्र निर्णायक गोल गरे । लुकाकुले ६९औं मिनटमा ब्लुजका लागि गोल गर्दै चेल्सीलाई च्याम्पियन्स लिगमा विजयी शुरुवात गराए ।

चेल्सीले आफ्नो दोस्रो खेल २९ सेप्टेम्बरका दिन बलियो युभेन्टससँग उसकै घरमा खेल्नेछ । युभेन्टसले मंगलबार नै भएको समूह एचतर्फको आफ्नो पहिलो खेलमा माल्मोमाथि ३–० को प्रभावशाली जित निकालेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...