इभर्टनको उत्कृष्ट पूनःरागमन (भिडियोसहित)

एजेन्सी । दश मिनट भित्र नाटकीय तीन गोल गरेको इभर्टनले इङलिस प्रिमियर लिगमा सोमबार राती भएको एक मात्र खेलमा उत्कृष्ट पूनःरागमन गर्दै बर्नलीलाई ३–१ ले हराएको छ ।

इभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा सबै गोलहरु दोस्रो हाफमा सम्पन्न भए । खेलको ५३औं मिनटमा बेन मीको सनसनीपुर्ण गोलबाट बर्नलीले खेलमा अप्रत्याशित अग्रता बनाएको थियो ।

तर, इभर्टनले केहीबेर लगतै उत्कृष्ट पूनःरागमन गर्यो । ६०औं मिनटमा माइकल किनले इभर्टनका लागि पहिलो बराबरी गोल फर्काए । लगतै ६५औं मिनटमा एन्ड्रोस टाउनसेन्डले उत्कृष्ट गोल गर्दै इभर्टनलाई खेलमा २–१ को स्थितिमा ल्याए ।

त्यसको एक मिनट बित्न नपाउँदै डेमराई ग्रेले ६६औं मिनटमा इभर्टनका लागि तेस्रो गोल गर्दै घरेलु टोलीको उत्कृष्ट पूनःरागमनका साथ शानदार जित पनि सुनिश्चित गरे ।

यो जितसँगै ४ खेलबाट १० अंक जोडेको इभर्टन चौथो स्थानमा छ । उता पराजित बर्नली भने १ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...