एजेन्सी । लिभरपुलले आइतबार लिडस युनाइटेड विरुद्ध हात पारेको ३–० को र प्रिमियर लिगमा मोहमद सलाहको १००औं गोलले हार्भी इलोटको चोटका कारण ओझेलमा पर्न पुग्यो ।
लिडसको घरेलु मैदानमा भएको सो खेलमा लिडसका पास्कल स्ट्रुकको डरलाग्दो ट्याकलमा पर्दा १८ बर्षे इङलिस मिडफिल्डर इलोटको खुट्टा गम्भिर रुपमा चोटिल बन्न पुगेको थियो । त्यहि फलका कारण पास्कलले रातो कार्डको समेत सामना गर्नुपरेको थियो ।
त्यसअघि मोहमद सलाहको प्रिमियर लिगको १००औं गोल तथा फाबिन्हो र साडियो मानेले गरेको थप दुई गोल इलोटको गम्भिर चोटका कारण ओझेलमा परेको थियो ।
The boss provides an update on Harvey Elliott’s injury.
— Liverpool FC (@LFC) September 12, 2021
रिपोर्टअनुसार इलोटको चोट गम्भिर रहेको र उनी लामो समय मैदान बाहिर रहन सक्ने बताइएको छ । लिभरपुलका म्यानेजर यर्गन क्लपले पनि इलोट गम्भिर रुपमा चोटिल बनेको कुरा स्वीकारेका छन् । यद्यपि उनी मैदानबाहिर कति समय रहने हुन् त्यसबारे अहिले भन्न नसकिने प्रतिक्रिया दिए ।
त्यो जितसँगै ४ खेलबाट १० अंक जोडेको लिभरपुल शिर्ष तीनमा उक्लिएको छ । समान अंक भएका म्यानचेष्टर युनाइटेड र चेल्सी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । साविक विजेता म्यानचेष्टर सिटी भने ९ अंकका साथ चौथो स्थानमा छ ।