चार दशक पुग्न लाग्दा पनि अब्बल ज्लाटन

एजेन्सी । स्वीडीस स्ट्राइकर ज्लाटन इब्राहिमोभिच उमेरले चार दश पुग्ने संघारमा छन् । तर, फुटबलमा उनको लय भने अझै पनि उस्तै छ । इटालियन महारथी एसी मिलानका लागि व्यवसायीक फुटबल खेलिरहेका ३९ बर्षिय ज्लाटनले आफ्नो गोलस्कोरिङ लयलाई कायम राखेका छन् ।

आइतबार मिलानले लाजियोमाथि २–० को जित निकाल्दा दोस्रो गोल यीनै स्वीडीस स्टारको नाममा रुहयो । मिलानका लागि खेलको ४५औं मिनटमा राफेल लियाओले पहिलो गोल गरेका थिए । ज्लाटनले भने ६६औं मिनटमा दोस्रो गोल थपेर मिलानको जित पक्का गरेका थिए ।

३९ बर्ष ३४४ दिन पुगेका ज्लाटनले त्यो गोल गरेसँगै इटालियन सिरि ए मा सबैभन्दा पाको उमेरमा गोल गर्ने विदेशी खेलाडीको किर्तिमान समेत बनाए । यसअघि यो किर्तिमान पोर्चुगिज डिफेन्डर ब्रुनो आल्वेसको नाममा थियो ।

आइतबारको जितसँगै सिरि ए मा अपराजित रहेको मिलान ९ अंकका साथ दोस्रो स्थानमा छ । समान अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा रोमा शिर्ष स्थानमा छ । त्यस्तै मिलानसँग पराजित लाजियो भने ६ अंकका साथ छैटौं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...