प्रिमियर लिगमा सलाहको शतक

एजेन्सी । इङलिस प्रिमियर लिगमा लिभरपुलका इजिप्शियन स्टार मोहमद सलाहले आइतबार एउटा विशेष कोशेढुंगा पार गरेका छन् । आइतबार लिडस युनाइटेड विरुद्धको खेल जारी रहँदा सलाहले पहिलो हाफको २०औं मिनटमा लिभरपुलका लागि गोल गरे ।

पहिलो हाफसम्म १–० को अग्रता कायम राखेको लिभरपुल र सलाहका लागि त्यो गोल विशेष बन्यो । प्रिमियर लिगमा सलाहले गरेको त्यो गोल १००औं गोल थियो । प्रिमियर लिगमा १०० गोलको कोशेढुंगा हात पार्ने सलाह ३०औं खेलाडी समेत बनेका छन् ।

चार बर्ष अघि एएस रोमाबाट लिभरपुलमा आवद्ध भएका २९ बर्षिय सलाहले लिभरपुलका लागि प्रिमियर लिग, च्याम्पिइन्स लिग, क्लब विश्वकप र युइएफए सुपर कप जितिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...