रोकियो डिफेन्डिङ च्याम्पियन इन्टर (भिडियोसहित)

एजेन्सी । दुई पल्टको अग्रता जोगाउन नसकेको साविक विजेता इन्टर मिलानले इटालियन सिरि ए तर्फ आइतबार साम्पडोरियासँग २–२ को बराबरीमा रोकिएको छ ।

साम्पडोरियाको घरेलु मैदानमा भएको खेलको १८औं मिनटमा फेडरिको डिमार्कोको गोलबाट इन्टरले खेलमा अग्रता बनाएको थियो । तर ३३औं मिनटमा माया योशिदाले साम्पडोरियाका लागि पहिलो बराबरी गोल फर्काउन सफल भएका थिए ।

त्यस्तै मध्यान्तर हुन एक मिनट बाँकी छँदा लौतारो मार्टिनेजले इन्टरलाई दोस्रो पटक खेलमा अग्रता दिलाए । तर त्यो अग्रता पनि इन्टरले दोस्रो हाफको शुरुवात मै गुमाउन पुग्यो । ४७औं मिनटमा टोमासो औगेलोले साम्पडोरियाका लागि दोस्रो गोल गर्दै इन्टरसँग महत्वपुर्ण अंक खोस्न सफल भएका थिए ।

यो नतिजापछि ३ खेलबाट ७ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । र शिर्ष स्थानको टोली नापोली भन्दा २ अंकले पछाडी छ । उता इन्टरलाई बराबरीमा रोक्न सफल साम्पडोरिया भने २ अंकका साथ लिगतालिकाको १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...