जितविहीन युभेन्टस फेरि हार्यो (भिडियोसहित)

एजेन्सी । इटालियन सिरि ए तर्फ यस सिजन खराब लयमा रहेको युभेन्टसले शनिबार राती हारको सामना गरेको छ । यस सिजन जितविहीन रहेको युभेन्टसले शनिबार नापोलीसँग २–१ ले पराजित हुन पुग्यो ।

पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले युभेन्टस छाडेपछि क्लबको यो पहिलो हार समेत थियो । स्मरण रहोस, रियल मेड्रिडबाट युभेन्टसमा आवद्ध भए यता तीन सिजनमा रोनाल्डोले युभेन्टस दुई सिरि ए उपाधि जिताएका थिए । साथै रोनाल्डो हालै आफ्नो पूर्व क्लब म्यानचेष्टर युनाइटेडमा फर्किसकेका छन् भने उत्कृष्ट पूनःरागमन समेत गरिसकेका छन् ।

शनिबार युभेन्टसले नापोली विरुद्ध अग्रता लिएर पनि जोगाउन सकेन । खेलको १०औं मिनटमा अल्वारो मोराटाले युभेन्टसका लागि शुरुवाती गोल गरे तापनि दोस्रो हाफमा निराश बन्न पुग्यो ।

नापोलीका लागि ५७औं मिनटमा मेटिओ पोलिटानोले बराबरी गोल फर्काए । त्यस्तै ८५औं मिनटमा कालीदु कुलीबेलीले नापोलीका लागि दोस्रो गोल थप्दै टोलीको जित पक्का गरे ।

यो जितपछि ३ खेलबाट ९ अंक जोडेको नापोली शिर्ष स्थानमा उक्लिएको छ । पराजित युभेन्टस भने १ अंकका साथ १४औं स्थानमा खस्किएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...