स्टामफोर्ड ब्रीजमा लुकाकुको सपना पूरा (भिडियोसहित)

एजेन्सी । यसै सिजन लण्डन क्लब चेल्सीमा आवद्ध भएका बेल्जियन स्टार रोमेलु लुकाकुले घेलु मैदान स्टामफोर्ड ब्रीजमा आफ्नो सपना पूरा गरेका छन् । अर्थात् प्रिमियर लिगतर्फ शनिबार अबेर राती भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई ३–० ले हराउँदा लुकाकुको नाममा दुई गोल रह्यो ।

उनले खेलपछि प्रतिक्रिया दिने क्रममा स्टामफोर्ड ब्रीजमा चेल्सीका लागि गोल गर्नु आफ्नो सपना रहेको बताएका थिए । भिल्ला विरुद्ध खेलको १५औं मिनटमा लुकाकुले नै चेल्सीका लागि गोलको खाता खोलेका थिए । ४९औं मिनटमा मेटियो कोभासिकले त्यो अग्रता दोब्बर बनाए ।

खेलमा प्रभावशाली जित निकालेको चेल्सीका लागि अन्तिमतिर लुकाकुले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै ब्लुजको प्रभावशाली जित पक्का गरेका थिए ।

यो जितपछि ४ खेलबाट १० अंक जोडेको चेल्सी दोस्रो स्थानमा उक्लिएको छ र लिगलिडर म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी समेत गरेको छ । उता पराजित एस्टन भिल्ला भने ४ अंकका साथ १२औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...