सिटीका लागि सिल्वाको निर्णायक गोल

एजेन्सी । इङलिस प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटीले लगातार तेस्रो जित हात पारेको छ । किंग पावर स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली लेस्टर सिटीमाथि १–० को साँघुरो जित निकाल्यो ।

दोस्रो हाफको ६२औं मिनटमा बर्नाडो सिल्वाले गरेको एक मात्र गोल सिटीलाई महत्वपुर्ण ३ अंक दिलाउन निर्णायक बन्यो । खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसरहरुलाई सदुपयोग गर्न सकेनन् ।

यो जितसँगै ४ खेलबाट ९ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । पराजित लेस्टर सिटी भने ६ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...