डेब्यु गरेकै दिन रोनाल्डोको गोल

एजेन्सी । दशक पछि ओल्ड ट्राफोर्ड फर्किएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले म्यानचेष्टरका लागि डेब्यु खेलमै गोल गरेका छन् । शनिबार न्युक्यास युनाइटेड विरुद्ध पहिलो हाफसम्म म्यानचेष्टरले १–० को अग्रता बनाउँदा थपिएको इन्जुरी समयमा रोनाल्डोले गोल गरेका थिए ।

मेसन ग्रीनवुडको प्रहार न्युक्यासलका गोलरक्षकले मुश्किलले जोगाएको बललाई रोनाल्डोले बक्स भित्रबाट सटिक टच गर्दै गोलमा परिणत गरेका हुन् । स्मरण रहोस, ओल्ड ट्राफोर्डमा रोनाल्डोको यो दोस्रो स्पेल समेत हो । दोस्रो हाफको खेल केहीबेरमा शुरु हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...