अपराजित ब्राजीलको शिर्षता यथावत (भिडियोसहित)

एजेन्सी । विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ महारथी ब्राजीलले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिंदै खेलतालिकामा आफूले बनाएको शिर्षतालाई पनि कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्राजीलले पेरुमाथि २–० को जित निकाल्यो । ब्राजीलको जितमा खेलको १५औं मिनटमा रिबेरोले पहिलो गोल गरे भने ४०औं मिनटमा नेमारले दोस्रो गोल थपेका थिए ।

बिहीबार भएका दक्षिण अमेरिकी छनौटतर्फका अन्य खेलहरुमा उरुग्वेले इक्वेडरलाई १–० ले हरायो भने पाराग्वेले भेनेजुएलामाथि २–१ को जित निकाल्यो । त्यस्तै अर्जेन्टिनाले बोलिभियामाथि ३–० को जित निकाल्दा कोलोम्बियाले चिलीलाई ३–१ ले निराश तुल्यायो ।

बिहीबारको नतिजापछि ८ खेलबाट २४ अंक जोडेको ब्राजी शिर्ष स्थानमा छ भने १८ अंकका साथ अर्जेन्टिना दोस्रो स्थानमा छ । ९–९ खेलबाट १५ र १३ अंक जोडेको उरुग्वे र इक्वेडर क्रमशः तेस्रो र चौथो स्थानमा छन् । समान १३ अंक जोडेको कोलोम्बिया भने पाँचौं स्थानमा छ ।

त्यसैगरी ११ अंकका साथ पाराग्वे छैटौं स्थानमा रहँदा ८ अंकका साथ पेरु सातौं स्थानमा छ । ७ अंक जोडेको चिली आठौं स्थानमा छ भने ६ अंक जोडेको बोलिभिया नवौं स्थानमा छ । ४ अंकका साथ भेनेजुएला भने पुछारमा रहेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...