मेसीको किर्तिमान माथिको किर्तिमान

एजेन्सी । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनौटतर्फ अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले महत्वपुर्ण किर्तिमान आफ्नो नाममा गराएका छन् । बिहीबार राती बोलिभियामाथि अर्जेन्टिनाले ३–० को जित निकाल्दा मेसीले नै ह्याट्रिकसहित तीन गोल गरे ।

त्यो गोलसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलको पुरुषतर्फ सर्वाधिक गोल गर्ने सक्रिय खेलाडीको सूचीमा दोस्रो स्थानमा समेत उक्लिए । बोलिभिया विरुद्ध गरेको ह्याट्रिकसँगै अन्तर्राष्ट्रिय फुटबलमा मेसीको गोलसंख्या ७९ पुगेको छ । यो सूचीमा उनी पोर्चुगलका क्रिष्टियानो रोनाल्डो भन्दा मात्र पछाडी छ । रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा कुल ११ गोल गरिसकेका छन् ।

दक्षिण अमेरिकी फटबलमा बनाएको किर्तिमान

त्यस्तै मेसीले दक्षिण अमेरिकी फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडी समेत बनेका छन् । उनले यसअघि ब्राजिलियन लिजेण्ड पेलेको नाममा रहेको यो किर्तिमान तोडेका हुन् । यो सूचीमा मेसी पेले भन्दा दुई गोलले अगाडी समेत निस्किएका छन् ।

त्यति मात्र नभएर विश्वकपको दक्षिण अमेरिकी छनौटमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पनि मेसी अगाडी निस्किएका छन् । मेसीले छनौट प्रतियोगितामा कुल २६ गोल गर्दै यसअघि उनकै पूर्व क्लब टिममेट उरुग्वेका लुइस सुआरेजले बनाएको किर्तिमान तोड्न सफल भएका हुन् ।

स्मरण रहोस, मेसी र सुआरेजले लामो समय क्याटलन जायन्ट बार्सिलोनाका लागि व्यवसायीक क्लब फुटबल सँगै खेलेका थिए । र बार्सिलोनालाई थुप्रै उपाधि समेत जिताएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...