जित नजिक पुगेर रोकियो इङल्याण्ड (भिडियोसहित)

एजेन्सी । फिफा विश्वकपको युरोपियन छनौटतर्फ शतप्रतिशत जित हात पार्दै आएको इङल्याण्डले बुधबार भने बराबरीमा चित्त बुझाउन बाध्य भएको छ । समूह आईतर्फको आफ्नो छैटौं खेलमा इङल्याण्डले पोल्याण्डसँग १–१ को बराबरी खेल्न बाध्य भएको हो ।

पोल्याण्डको घरेलु मैदानमा भएको खेलमा इङल्याण्डले दोस्रो हाफमा बनाएको अग्रतालाई अन्तिमसम्म जोगाउन सकेन । ७२औं मिनटमा हेरी केनको गोलबाट अग्रता लिएको इङल्याण्डले खेल सकिन केही मिनट बाँकी छँदा गुमाउन पुग्यो । अन्तिमतिर इन्जुरी समयमा डामियन सिमान्स्कीले पोल्याण्डका लागि बराबरी गोल फर्काउँदै घरेलु टोलीको हार जोगाएका थिए ।

समूह आईतर्फ बुधबार नै भएको अन्य खेलहरुमा हंगेरीले एन्डोरालाई २–१ ले हरायो भने अल्बानियाल सान मेरिनोमाििथ ६–० को फराकिलो जित दर्ता गर्यो ।

समूह आईमा ६ खेलबाट १६ अंक जोडेको इङल्याण्ड शिर्ष स्थानमा छ । १२ अंक जोडेको अल्बानिया दोस्रो स्थानमा छ भने ११ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा छ । त्यस्तै १० अंकका साथ हंगेरी चौथो स्थानमा रहँदा ३ अंक जोडेको एन्डोरा पाँचौ स्थानमा छ । अंकविहीन सान मेरिनो भने पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...