फ्रान्सका लागि ग्रीजम्यान नायक (भिडियोसहित)

एजेन्सी । फिफा विश्वकप २०२२ को युरोपियन छनौटतर्फ तेस्रो जित हात पार्ने क्रममा विश्व विजेता फ्रान्सले मंगलबार राती फिनल्याण्डलाई २–० ले हराएको छ । फ्रान्सको जितमा दुवै गोल स्टार फरवार्ड एन्टोइन ग्रीजम्यानको नाममा रह्यो ।

घरेलु मैदान पार्क ओलम्पिक स्टेडियममा भएको समूह डीतर्फको सो खेलमा ग्रीजम्यानले २५ र ५३औं मिनटमा दुई गोल गरे । यो जितसँगै फ्रान्स ६ खेलबाट ३ जितका साथ १२ अंक जोडेको फ्रान्स समूह डीको शिर्ष स्थानमा छ । पराजित फिनल्याण्ड ५ अंकका साथ तेस्रो स्थानमा छ ।

मंगलबार नै भएको समूह डीतर्फको अर्को खेलमा बोस्निया र कजाखस्तानले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । ३–३ अंक जोडेका बोस्निया र कजाखस्तान क्रमशः चौथो र पाँचौं स्थानमा छन् । समूहको दोस्रो स्थानमा भने ५ अंक जोडेको युक्रेन छ ।


प्रतिक्रिया दिनुहोस

Loading...