अर्जेन्टिना र ब्राजीलको खेल स्थगित

एजेन्सी । फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ अर्जेन्टिना र ब्राजीलबीचको खेल स्थगित भएको छ । फुटबलका यी दुई पावरहाउस आइततबार ब्राजीलको घरेलु मैदानमा भिड्दै थिए ।

साओ पाउलोमा यी दुई टोलीबीच चलिरहेकै बेला सादा पोशाकका प्रहरी, प्रशासनिक निकायका कर्मचारी तथा स्वास्थ्यकर्मी मैदानमा प्रवेश गरि खेल रोकेका थिए । उनीहरुका अनुसार अर्जेन्टिनाका खेलाडीहरुले ब्राजीलको क्वारेन्टिन नियम तोडेको दावी थियो ।

इङल्याण्डमा रहेका खेलाडीहिरुले ब्राजील प्रवेश गर्दा अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम रहेको बताइएको छ । नियम मिचेका खेलाडीहरुको नाम उल्लेख नगरिए तापनि अर्जेन्टिनी टोलीमा इङल्याण्डमा खेल्ने इमिलियानो बुन्डिया, इमिलियानो मार्टिनेज (एस्टन भिल्ल) तथा जियोभानी लो सेल्सो र क्रिष्टियन रोमेरो (टोटेनह्या) थिए ।

त्यसमध्ये मार्टिनेज, रोमेरो र लो सोल्सो अर्जेन्टिनीको प्लेइङ स्क्वाडमा थिए । अर्जेन्टिनी खेलाडीहरु पहिल्यै ब्राजीलमा आएर अभ्यास गर्दा प्रशासनले केही नगरेको तर खेलका क्रममा हस्तक्षेप गरेकाले अर्जेन्टिनाका कतिपय खेलाडी निराश थिए । त्यसमा मेसी पनि छन् । मेसीले खुलेरै असन्तुष्टी पोखेका थिए ।

सो खेल करिब एक घण्टापछि स्थगित गरिएको घोषणा भएको थियो । त्यो खेल अब खेलाइन भन्नेबारे केही खुलाइएको छेन । साथै फिफाले यसबारे छानबिन गर्ने समेत बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...