अर्जेन्टिना र ब्राजीललाई सफलता

एजेन्सी । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनौटतर्फ बिहीबार दुई महारथी अर्जेन्टिना र ब्राजीलले आ–आफ्नो खेलमा जित हात पारेका छन् । जसअन्तरगत अर्जेन्टिनाले भेनेजुएलालाई उसकै घरमा ३–१ ले हरायो भने ब्राजीलले बलियो चिलीमाथि १–० को कठिन जित निकाल्यो ।

अर्जेन्टिनाको जितमा लौतारो मार्टिनेज, कार्लोस कोरे तथा एन्जल कोरेले एक–एक गोल गरे । उता पराजित भेनेजुएलाका लागि जुलियो मार्टिनेजले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

त्यस्तै ब्राजीलको जितमा इभर्टन रिबेरोले एक मात्र निर्णायक गोल गरे । छनौट प्रतियोगितामा अपराजित रहेको ब्राजीलको यो लगातार सात खेलमा सातौं जित समेत हो ।

बिहीबार नै भएको अर्को खेलमा पेरु र उरुग्वेले भने १–१ को बराबरी खेल्दै अंक बाँडे । बिहीबारको नतिजापश्चात् ७ खेलबाट २१ अंक जोडेको ब्राजील दक्षिण अमेरिकी छनौटको समूहतालिकामा शिर्ष स्थानमा छ । १५ अंकका साथ अर्जेन्टिना दोस्रो स्थानमा छ भने १२ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा छ ।

त्यसैगरी ९–९ अंक जोडेको उरुग्वे र कोलोम्बिया क्रमशः चौथो र पाँचौं स्थानमा छ । छैटौं स्थानमा ७ अंक जोडेको पाराग्वे छ भने सातौं स्थानमा ६ अंकका साथ चिली रहेको छ । ६ अंक नै जोडेको बोलिभिया आठौं स्थानमा छ भने ५ र ४ अंक जोडेको पेरु र बोलिभिया क्रमशः नवौं र दशौं स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...