घरमै रोकियो इटाली (भिडियोसहित)

एजेन्सी । शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको इटालीले फिफा विश्वकप छनौटतर्फ बिहीबार बुल्गेरियासँग १–१ को बराबरीमा रोकिएको छ ।

घरेलु मैदान फ्लोरेन्समा भएको समूह सीतर्फको खेलमा इटालीले १६औं मिनटमा फेडरिको चिसाको गोलबाट शुरुवाती अग्रता लिएको थियो । तर त्यो अग्रता घरेलु टोलीले पहिलो हाफसम्म पनि जोगाउन सकेन ।

पहिलो हाफ सकिन पाँच मिनट बाँकी छँदा एटनास लिवले बुल्गेरियाका लागि बराबरी गोल फर्काउन सफल भए । अन्ततः त्यहि १–१ को नतिजा नै खेलको फाइनल नतिजा बन्यो ।

समूह सीतर्फको अर्को खेलमा उत्तरी आयरल्याण्डले लिथुआनियालाई ४–१ ले हरायो । उता बराबरीमा रोकिनुका बावजुद ४ खेलबाट १० अंक जोडेको इटाली समूह सीको शिर्ष स्थानमा छ ।

दुई खेलबाट ६ अंक जोडेको स्वीजरल्याण्ड दोस्रो स्थानमा छ भने ३ खेलबाट ४ अंक जोडेको उत्तरी आयरल्याण्ड तेस्रो स्थानमा छ । चार खेलबाट २ अंक जोडेको बुल्गेरिया चौथो स्थानमा रहँदा लिथुआनिया अंकविहीन रुपमा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...