जर्मनीको तेस्रो जित (भिडियोसहित)

एजेन्सी । पूर्व विश्वविजेता जर्मनीले फिफा विश्वकपको युरोपियन छनौटतर्फ बिहीबार राती सहज जित निकालेको छ । समूह जे मा रहेको जर्मनीले तुलनात्मक रुपमा कमजोर लिचेस्टाईनमाथि २–० को जित निकालेको हो ।

स्वीजरल्याण्डमा भएको खेलमा जर्मनीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा थप एक गोल गरेको थियो । पहिलो गोल ४१औं मिनटमा टिमो वेर्नरले गरे । त्यस्तै दोस्रो गोल भने ७७औं मिनटमा लेरोए सानेले गर्दै टोलीको जित पक्का गरे ।

छनौट प्रतियोगितामा जर्मनीको यो चार खेलमा तेस्रो जित हो । बिहीबार नै भएको समूह जेतर्फको अन्य खेलमा रोमानियाले आइसल्याण्डलाई २–० ले हरायो भने उत्तरी मेसिडोनिया र अर्मेनियाले गोलरहित बराबरी खेले ।

समूह जेमा चार खेलबाट १० अंक जोड्दै अर्मेनिया शिर्ष स्थानमा छ । ९ अंक जोडेको जर्मनी दोस्रो स्थानमा छ भने ७ अंक जोडेको उत्तरी मेसिडोनिया तेस्रो स्थानमा छ । ६ अंकका साथ रोमानिया चौथो स्थानमा रहँदा ३ अंक जोडेको आइसल्याण्ड पाँचौं तथा अंकविहीन लिचेस्टाईन छैटौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...