गत संस्करणको फाइनलिस्ट क्रोएशियाको बराबरी

एजेन्सी । गत संस्करणको उपविजेता क्रोएशियाले फिफा विश्वकपको युरोपियन छनौटतर्फ बुधबार रसियासँग उसकै घरमा बराबरी खेलेको छ । मस्कोमा सम्पन्न समूह एचतर्फको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

सोही समूहतर्फको अन्य खेलहरुमा स्लोभाकिाया र स्लोभेनियाले पनि १–१ को बराबरी खेले भने माल्टाले साइप्रसमाथि ३–० को जित निकाल्यो । बुधबारको नतिजापछि ७–७ अंक जोडेको क्रोएसिया र रसिया क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

६ अंक जोडेको स्लोभाकिया तेस्रो स्थानमा छ भने ४–४ अंक जोडेका स्लोभेनिया, माल्टा र साइप्रस क्रमशः चौथो, पाँचौ छैटौं स्थानमा छन् ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...