डेनमार्कको शतप्रतिशत जित (भिडियोसहित)

एजेन्सी । विश्वकप छनौटतर्फ उत्कृष्ट प्रदर्शन गरिरहेको डेनमार्कले आफ्नो शतप्रतिशत जितको यात्रालाई बुधबार राती पनि निरन्तरता दिएको छ । समूह एफतर्फ कोपेनहेगन स्थित घरेलु मैदानमा भएको खेलमा डेनमार्कले स्कटल्याण्डलाई २–० ले हरायो र लगातार चौथो जित दर्ता गर्यो ।

डेनमार्कको जितमा खेलको १४औं मिनटमा डेनियल वासले पहिलो गोल गरे भने त्यसको एक मिनट लगतै जोकिम पेडरसेनले दोस्रो गोल थप्दै घरेलु टोलीको जित पक्का गरेका थिए ।

समूह एफ कै अन्य खेलहरुमा इजरायलले फारोइ आइल्याण्डमाथि ४–० को प्रभावशाली जित निकाल्यो भने अष्ट्रियाले मेल्डोवालाई २–० ले हरायो । समूह एफमा ४ खेलबाट १२ अंक जोडेको डेनमार्क शिर्ष स्थानमा छ ।

७–७ अंक जोडेका इजरायल र अष्ट्रिया दोस्रो तथा तेस्रो स्थानमा छन् भने ५ अंक जोडेको स्कटल्याण्ड चौथो स्थानमा छ । त्यस्तै १–१ जोडेका फारेइ आइल्याण्ड र मोल्डोवा क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...