नर्वे र नेदरल्याण्डको बराबरी (भिडियोसहित)

एजेन्सी । फिफा विश्वकपको युरोपियन छनौटतर्फ समूह जीमा रहेका नर्वे र नेदरल्याण्डले बुधबार रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । नर्वेको घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डले घरेलु टोलीलाई १–१ को बराबरीमा रोक्न सफल भयो ।

खेलको २०औं मिनटमा इर्लिङ हालण्डको गोलबाट नर्वेले खेलमा अग्रता बनायो । तर घरेलु टोलीले त्यो अग्रता धेरैबेर जोगाउन सकेन । पहिलो हाफ कै ३६औं मिनटमा डेवी क्लासेनले डच टोलीका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

बुधबार भएका समूह जी कै अन्य खेलहरुमा टर्की र मोन्टेनेग्रोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे भने लात्भियाले जिब्राल्टरमाथि ३–१ को जित निकाल्यो ।

नर्वे र नेदरल्याण्डबीचको हाइलाईट भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस

Loading...