पोर्चुगिज डिफेन्डर पिएसजीमा आवद्ध

एजेन्सी । फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पिएसज)ि ले पोर्चुगिज च्याम्पियन स्र्पोटिङ सिपीबाट युवा डिफेन्डर नुनो मेन्डेसलाई एक सिजन लामो लोन डीलमा अनुवन्ध गरेको छ ।

साथै पिएसजीसँग मेन्डेसलाई स्थायी रुपमा अनुवन्ध गर्ने विकल्प पनि रहनेछ । यद्यपि त्यसका लागि पिएसजीले स्र्पोटिङ सिपीलाई ३४ मिलियन पाउण्ड बुझाउनु पर्ने बताइएको छ ।

स्र्पोटिङ सिपीका लागि १९ बर्षको उमेरमै कुल ४७ म्याच खेलिसकेका मेन्डेसले क्लबलाई गत सिजन पोर्चुगिज लिग च्याम्पियन र एफए कप च्याम्पियन बनाउन अहम भूमिका खेलेका थिए ।

त्यस्तै पिएसजीका आक्रमक स्पेनिस मिडफिल्डर पाब्लो सराबिया एक सिजन लामो लोनमा स्र्पोटिङ सिपी पुगेका छन् । स्मरण रहोस, पिएसजीले यस समर ट्रान्सफरमा आकर्षक खेलाडी अनुवन्धको प्रक्रिया पूरा गर्यो ।

त्यसक्रममा पिएसजीले लियोनल मेसी, अचरफ हाकिमी, सर्जियो रेमोस, इटालियन गोलरक्षक जियानलुइजी डोनारुम्मा, जर्जिनियो विज्नाल्डम र डानिलो जस्ता चर्चित खेलाडीहरुलाई पनि अनुबन्ध गरेर चर्चा कमायो ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...