उदियमान फ्रेन्च मिडफिल्डर रियलमा अनुवन्धित

एजेन्सी । स्पेनिस जायन्ट रियल मेड्रिडले उदियमान फ्रेन्च मिडफिल्डर इडुआर्डो कामाविंगालाई अनुवन्ध गरेको छ । रिपोर्टअनुसार रियलले १८ बर्षिय स्टार मिडफिल्डरका लागि फ्रेन्च क्लब रेनेसलाई ३० मिलियन युरो तिरेको बताइएको छ ।

कामाविंगाले सोमबार मात्र फ्रान्स मै आफ्नो मेडिकल पूरा गरेका थिए । साथे उनले रियलसँग ६ बर्षका लागि सम्झौता गरेको स्रोतले जनाएको छ । सन् २०१९ को अप्रिलमा १६ बर्ष चार महिना कै उमेरमा डेब्यु गर्दै उनले रेनेसको क्लब इतिहास मै सबैभन्दा कान्छो उमेरमा सिनियर टोलीका लागि डेब्यु गर्ने खेलाडी समेत बनेका थिए ।

छोटो समय मै आफूलाई क्लबको मुख्य खेलाडीको रुपमा उभ्याएका कामाविंगाले पछिल्ला दुई सिजनमा रेनेसका लागि कुल ६० म्याच खेल्न भ्याएका थिए ।

फ्रान्सका लागि गत बर्षको सेप्टेम्बरमा नेशन्स लिगतर्फ युक्रेन विरुद्ध डेब्यु गरेका कामाविंगाले देशका लागि डेब्यु गोल भने त्यसको एक महिना लगतै युक्रेन विरुद्ध ७–१ को जित हात पारेको खेलमा परेका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...