साउललाई ल्याउने चेल्सीको प्रयास सफल

एजेन्सी । युरोपियन च्याम्पियन चेल्सीले एटलेटिको मेड्रिडका चर्चित स्पेनिस मिडफिल्डर साउल निगेजलाई एक सिजन लामो लोन डीलमा अनुबन्ध गर्न सफल भएको छ ।

गत सिजन एटलेटिकोलाई लिग च्याम्पियन बनाउन महत्वपुर्ण भूमिका खेलेका २६ बर्षिय साउललाई स्थायी रुपमै अनुवन्ध गर्ने विकल्प पनि चेल्सीसँग रहनेछ ।

शुरुवातमा चेल्सीले साउललाई अनुवन्ध गर्ने निश्चित थिएन । चेल्सीले अर्को स्पेनिस क्लब सेभियाका फ्रेन्च डिफेन्डर जुलेस कुन्डेलाई अनुवन्ध गर्ने प्रयास गरेको थियो । तर सेभियाले चेल्सीको प्रयासलाई लत्याइदिएको थियो ।

एटलेटिकोका लागि गत सिजन ३३ म्याच खेलेका साउलले मेड्रिड क्लबका लागि समग्रमा ३४० म्याच खेल्दै ४३ गोल समेत गरेका छन् । चेल्सीमा आवद्ध भएपछि साउलले नयाँ क्लबमा नयाँ चुनौतीको सामना गर्न आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...