मिलानका लागि जिरुडको दुई गोल (भिडियोसहित)

एजेन्सी । फ्रेन्च फरवार्ड ओलिभर जिरुडले दुई गोल गरेको खेलमा इटालियन सिरि ए तर्फ आइतबार राती एसी मिलानले काग्लरीमाथि ४–१ को उत्कृष्ट जित निकालेको छ ।

मिलानको घरेलु मैदान सान सिरोमा भएको खेलमा सबै गोल पहिलो हाफ मै सम्पन्न भए । खेलको १२औं मिनटमा सान्ड्रो टोनालीले मिलानका लागि गोल खाता खोले । तर घरेलु टोलीले त्यो अग्रता धेरैबेर जोगाउन सकेन ।

गोल खाएको तीन मिनट लगतै एलेसान्ड्रो डिओलाले काग्लरीका लागि बराबरी गोल फर्काउन सफल भए । यद्यपि त्यसपछिको पहिलो हाफको खेल मिलानले आफ्नो पकडमा राख्यो ।

१७औं मिनटमा राफेल लिआओले मिलानका लागि दोस्रो गोल थपे । २४औं मिनटमा जिरुडले तेस्रो गोल गरे भने ४३औं मिनटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यो जितसँगै मिलान २ खेलबाट ६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । उता पराजित काग्लरी भने १ अंकका साथ लिगतालिकाको १४औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...