रोमाका लागि अब्राहमको डेब्यु गोल (भिडियोसहित)

एजेन्सी । यसै समर चेल्सीबाट इटालियन क्लब एएस रोमामा आवद्ध भएका इङलिस फरवार्ड टेमी अब्राहमले आफ्नो नयाँ क्लबका लागि आइतबार डेब्यु गोल गरेका छन् ।

यसै सिजन सिरि ए मा बढुवा भएको नवआगन्तुक टोली सेलरनिटाना विरुद्ध ४–० को जित निकाल्दा अब्राहमको नाममा तेस्रो गोल रह्यो । सेलरनिटानाको घरेलु मैदानमा भएको खेलको ४८औं मिनटमा लोरेन्जो पेलेग्रिनीले रोमाका लागि पहिलो गोल गरे ।

५२औं मिनटमा जोर्डन भेरेटुटले त्यो अग्रता दोब्बर पारे । ६९औं मिनटमा अब्राहमले तेस्रो गोल थपे । खेलमा एकपक्षीय जित निकालेको रोमाका लागि ७९औं मिनटमा पेलेग्रिनीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रोमाको शानदार जित पक्का गरेका थिए ।

यो जितसँगै दुई खेलबाट ६ अंक जोडेको रोमा तेस्रो स्थानमा उक्लिएको छ । पराजित सेलरनिटाना भने अंहविहीन रुपमा रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...