क्याम्प नोउमा बार्सा सफल (भिडियोसहित)

एजेन्सी । डच स्टार मेम्फिस डिपेले निर्णायक गोल गर्दा स्पेनिस ला लिगामा आइतबार राती बार्सिलोनाले गेटाफेलाई २–१ ले हराएको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलको दोस्रो मिनट मै सर्जि रोबर्टोले बार्सिलोनालाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।

यद्यपि पहिलो हाफ कै १८औं मिनटमा गेटाफेका लागि सान्ड्रो रामिरेजले बराबरी गोल फर्काउन सफल भएका थिए । तर खेलको निर्णायक गोल पनि पहिलो हाफ मै सम्भव भयो । बराबरी गोल खाएको बार्साले दोस्रो गोल गर्न धेरै समय पर्खनु परेन । खेलको ३०औं मिनटमा डिपेले बार्साका लागि दोस्रो गोल गरे । जुन निर्णायक गोल पनि बन्यो ।

यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको बार्सा चौथो स्थानमा उक्लिएको छ । स्मरण रहोस, लिगतालिकाको शिर्ष तीन स्थानमा रहेका रियल मेड्रिड, सेभिया र भ्यालेन्सियाको पनि समान ७–७ अंक छ र उनीहरु राम्रो गोल भिन्नताका आधारमा बार्सा भन्दा अगाडी छन् । पराजित गेटाफे भने अंक विहीन रुपमा रेलिगेशन क्षेत्रको १९औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...