म्यानचेष्टरका लागि मेसन निर्णायक (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा आइतबार राती म्यानचेष्टर युनाइटेडले वुल्भरह्याम्पनलाई उसकै घरमा १–० ले हराउँदै महत्वपुर्ण तीन अंक बटुलेको छ ।

मोलिनक्स स्टेडियममा भएको खेलमा युनाइटेडले जितका लागि अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो । खेलको ८०औं मिनटमा मेसन ग्रीनवुडले पाहुना टोलीका लागि एक मात्र निर्णायक गोल गरे ।

खेल अवधिभर वुल्भरह्याम्पटनको प्रदर्शन पनि राम्रो रह्यो । घरेलु टोलीले पाएको पटक–पटकको राम्रो अवसरलाई सदुपयोग गर्न सकेन । यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको म्यानचेष्टर तेस्रो स्थानमा उक्लिएको छ । उता पराजित वुल्भरह्याम्पटन भने अंकविहीन रुपमा रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।

खेल अवधिभर रोनाल्डो कै चर्चा

स्मरण रहोस, वुल्भरह्याम्पटन विरुद्धको खेल चलिरहँदा युनाइटेडका सामर्थकहरु भने रोनाल्डोको तस्विर र पोर्चुगलको झण्डासहित “रोनाल्डो, रोनाल्डो” भन्दै चिच्याईरहे । भलै मैदानमा पोर्चुगिज सुपरस्टारको उपस्थिति नरहे तापनि समर्थकहरुले भने उनको समर्थन गर्न छाडेनन् ।

स्रोतका अनुसार ३६ बर्षे रोनाल्डो फेरि म्यानचेष्टर फर्किन सहमत भईसकेका छन् । साथै उनले लिस्वोनमा मेडिकल पनि पूरा गरिसकेका छन् । म्यानचेष्टरले उनलाई केही दिन मै आधिकारिक रुपमा सार्वजनिक गर्ने सम्भावना छ । सम्भवत मंगलबारसम्म उनी क्लबका लागि आधिकारि खेलाडी बन्ने निश्चित देखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...