मेसीको डेब्युमा पिएसजीको जित (भिडियोसहित)

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भए यता आइतबार राती पहिलोपटक क्लबका लागि डेब्यु गरेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले नयाँ क्लबका लागि पहिलो जित हात पारेका छन् ।

मेसीले डेब्इु गरेको खेलमा उनले गोल गर्न नसके तापनि पिएसजीले रिम्सलाई उसकै घरमा २–० ले हरायो । खेलमा मेसीले नेमारको स्थानमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

यद्यपि पिएसजीको जितमा दुवै गोल फ्रेन्च फरवार्ड काइलन एम्बाप्पेको नाममा रह्यो । उनले खेलको १६ र ६३औं मिनटमा गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरेका थिए ।

लगातार चौथो जित हात पारेको पिएसजी १२ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै १० अंकका साथ नाइस दोस्रो स्थानमा छ । उता पिएसजीसँग पराजित रिम्स भने ३ अंकका साथ १७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...