सोन निर्णायक बन्दा शिर्ष स्थानमा टोटेनह्याम (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगको नयाँ सिजनमा आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिने क्रममा आइतबार टोटेनह्याम हटसपरले वाटफोर्डमाथि १–० को साँघुरो जित निकाल्यो ।

टोटेनह्यामको घरेलु मैदानमा सम्पन्न खेलमा दक्षिण कोरियाली स्टार ह्युङ मिन सोन निर्णायक रहे । प्रिमियर लिगमा आइतबार आफ्नो २००औं खेल खेलिरहेका सोनले ४२औं मिनटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

यो जितसँगै ३ खेलबाट ९ अंक जोडेको टोटेनह्याम शिर्ष स्थानमा रह्यो र आगामी साताको इन्टरनेशनल ब्रेकसम्म लण्डन क्लब शिर्ष स्थानमै रहने पक्का पनि भयो । उता पराजित वाटफोर्ड भने ३ अंकका साथ १२औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...