रोनाल्डोले छाडे लगतै घरमै हार्यो युभेन्टस (भिडियोसहित)

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो पुरानै क्लब म्यानचेष्टर युनाइटेड फर्किने घोषणा गरे लगतै युभेन्टसले भने आफ्नो लय गुमाउने संकेत देखाएको छ ।

शनिबार अबेर राती आफ्नै घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इम्पोलीसँग १–० को झिनो अन्तरले हार बेहोर्यो । स्मरणीय छ, टप फ्लाईटमा युभेन्टसमाथि इम्पोलीको यो मात्र दोस्रो जित थियो ।

२१औं मिनटमा लियोनार्डो मानकुसोले गरेको एक मात्र गोल इम्पोलीलाई महत्वपुर्ण ३ अंक दिलाउन प्रर्याप्त बन्यो । यो नतिजासँगै जितविहीन युभेन्टस २ खेलबाट १ अंकका साथ १३औं स्थानमा झरेको छ । इम्पोली भने ३ अंकका साथ ११औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...