साँघुरो जितपछि शिर्ष स्थानमा रियल (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार अबेर राती साँघुरो जित निकालेको रियल मेड्रिड लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । रियल बेटिसमथि ०–१ को जित हात पारेको रियलले ३ खेलबाट कुल ७ अंक जोड्दै शिर्ष स्थानमा पुगेको हो ।

लिगतालिकामा सेभिया, मालोर्का र भ्यालेन्सियाको पनि समान ७–७ अंक भए तापनि राम्रो गोलभिन्नताका आधारमा रियल अगाडी छ । त्यसअघि बेटिसको घरेलु मैदानमा भएको खेलमा रियलका लागि डानी कार्वाहलको भली गोल निर्णायक बन्यो ।

खेलको ६१औं मिनटमा करिम बेन्जेमाको क्रस पासमा कार्वाहलले गरेको सुन्दर भली प्रहार गोलमा परिणत भएपछि रियलले महत्वपुर्ण तीन अंक बटुल्न सफल भएको हो । उता पराजित बेटिस २ अंकका साथ लिगतालिकाको १४औं स्थानमा झर्न पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...