प्रिमियर लिगमा लेस्टरको दोस्रो जित (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार लेस्टर सिटीले दोस्रो जित दर्ता गर्ने क्रममा नर्विच सिटीलाई उसकै घरमा २–१ ले हराएको छ । क्यारो रोडमा खेलको आठौं मिनटमै जेमी भार्डीले लेस्टरलाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफमै नर्विचले पेनाल्टीको अवसर पायो । टिमु पुकीले ४४औं मिनटमा पेनाल्टीबाट गोल गर्दै नर्विचलाई खेलमा फर्काए । यद्यपि ७६औं मिनटमा मार्क अलब्राईटनले लेस्टरका लागि दोस्रो तथा निर्णायक गोल गर्दै पाहुना टोलीलाई रोमाञ्चक जित दिलाए ।

उता खेलमा नर्विचका लागि केनी म्याकलिनले दोस्रो बराबरी गोल फर्काए तापनि त्यो गोललाई रेफ्रीले मान्यता नदिंदा घरेलु टोली चुकचुकाउनर परेको थियो । यो हारपछि अंकविहीन नर्विच लिगतालिकाको १९औं स्थानमा छ । उता लेस्टर भने ६ अंकका साथ आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...