सिटीलाई पछि पार्दै ‘टप’मा पुग्यो इभर्टन

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार ब्राईटन एण्ड होवलाई ०–२ ले हराएको इभर्टनले आफ्नो अपराजित यात्रालाई निन्तरता दिंदै लिगतालिकाको शिर्षतामा उक्लिएको छ ।

इभर्टनको जितमा डेमराई ग्रेले ४१औं मिनटमा पहिलो गोल गरे भने दोस्रो हाफतर्फ ५८औं मिनटमा डोमिनिक कलभर्ट लेविनले दोस्रो गोल थपेका थिए । यो जितसँगै ३ खेलबाट इभर्टनको ७ अंक भएको छ ।

सिटीलाई पछि पार्दै इभर्टनसँगै वेस्ट ह्याम पनि शिर्ष स्थानमा छ । अर्थात इभर्टन र वेस्ट ह्याम दुवैको समान ७–७ अंक छ । शनिबार नै आर्सनललाई ५–० ले हराएको म्यानचेष्टर सिटीको ६ अंक छ ।

उता वेस्ट ह्यामले क्रिस्टल प्यालेससँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो । त्यस्तै इभर्टनसँग हार्न पुगेको ब्राईटन भने ६ अंकका साथ सातौं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...