इन्टरका लागि डेब्यु खेलमै कोरेको दुई गोल (भिडियोसहित)

एजेन्सी । लाजियोबाट यसै सिजन लोनमा लिग च्याम्पियन इन्टर मिलानमा आवद्ध भएका अर्जेन्टिनी फरवार्ड जोकिन कोरेले आफ्नो डेब्यु खेलमै दुई गोल गरेका छन् । शुक्रबार राती हेलास भेरोनामाथि ३–१ को जित निकालेको खेलमा इन्टरका लागि कोरेको नाममा दुई गोल रह्यो ।

खेलको १५औं मिनटमा इभान इलिकको गोलबाट भेरोनाले खेलमा सनसनीपुर्ण अग्रता बनाएको थियो । तर त्यो अग्रतालाई भेरोनाले पहिलो हाफसम्म मात्र जोगाउन सक्यो । दोस्रो हाफमा भने इन्टरले उत्कृष्ट पूनःरागमन गर्दै खेललाई आफ्नो पक्षमा पार्यो ।

दोस्रो हाफ शुरु भएको दोस्रो मिनट मै लौतारो मार्टिनेजले इन्टरका लागि बराबरी गोल फर्काए । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका कोरेले ८३ र ९०+४औं मिनटमा लगातार दुई गोल गर्दै टोलीलाई प्रभावशाली जित दिलाएका थिए ।

लगातार दोस्रो जित हात पारेको इन्टर दुई खेलबाट ६ अंकका साथ शिर्ष स्थानमा छ । उता पराजित भेरोना भने अंकविहीन रुपमा रेलिगेशन क्षेत्रको १८औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...